ट्रक भीरबाट खस्दा चालकको मृत्यु
Saturday, June 13th, 2020, 8:26 am
सोलुखुम्बु, ३१ जेठ । ट्रक भीरबाट खस्दा चालकको मृत्यु भएको छ । ट्रक दुर्घटनाबाट उदयपुर कटारी–४ सिम्लेका ३५ वर्षीय कुमार परियारको मृत्यु भएको हो ।
शुक्रबार अपरान्ह पौने ५ बजे सोलुखुम्बु दुधकुण्ड–८ शिकारी डाँडास्थित सडकखण्डमा ना २ ख ८८४३ नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडक बाट अन्दाजी ३०० मिटर तल खस्न गई दुर्घटना हँुदा चालक परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।