सात वर्षीय बालक मृत अवस्थामा फेला
Saturday, June 13th, 2020, 8:22 am
विराटनगर, जेठ ३१ । मोरङ धनपालथान–७ कदमाहा बस्ने रहिम आलमको छोरा ७ वर्षीय खालिद हुसेन मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबार अपरान्ह ५ बजे घरमा कोही कसैलाई नसोधी हिँडेका हुसेन घर छेउको रोडको खाल्डोमा जमेको पानीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
उनी अबेरसम्म घर फर्की नआएपछि आफन्तले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारी बेलुका ७ बजे प्रहरीमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनसाथ खटिएको प्रहरी टोलीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।