दिउँसो डाक्टर, राति र्यापर
Friday, June 12th, 2020, 5:41 pm
कोरोनाको संन्क्रमणकालमा नामिबियामा डाक्टरको रुपमा कार्यरत लाटोया ममबोला नाम गरेकि एक महिलस आफ्नो खाली समयमा र्याप गाउछिन् । कोरोना कालमा डाक्टरमाथि अत्यधिक दबाब हुने हुदा आफूहरूले डबल ड्युटी गरिरहेको लाटोया बताउँछिन् ।
डाक्टरको पहिलो प्राथमिकता भनेको बिरामीहरू हुने हुदा कुनै पनि बिरामीलाई आइसोलेशनमा राख्दा उक्त स्थानमा काम गर्ने गरेको उनको भनाइ छ । त्यहि समयमा आफ्नो इच्छा पनि उनले पुरा गरेकी छिन् । दिउँसोको समयमा अस्पतालमा बिरामीहरूको उपचारमा ब्यस्त रहने ममबोला रातको समयमा र्याप हान्छिन् ।
र्यापिङको दुनियाँमा उनि लायनेसको नामले परिचित छिन् । आफ्नो आवाज खासै राम्रो नभएको कारणले उनले गाना गाउनुको साटो र्याप गर्न थालेकी हुन् । हालसम्म नामिबियामा कोरोना भाइरसको संक्रमण निकै कम भएको कारणले देशमा मार्च महिना देखि लगाइएको लकडाउनलाई बिस्तारै चरणबद्ध तरिकाले खुकुलो बनाइदै लगिएको छ ।