सविन र रेखाको ‘हिरो रिटर्न्स’ डिसहोम मार्फत रिलीज हुदै
Friday, June 12th, 2020, 5:06 pm
नेपाली फिल्म ‘हिरो रिटर्न्स’ डिसहोम मार्फत रिलीज हुने भएको छ । नायक सविन श्रेष्ठ र रेखा थापाको मुख्य भुमिका रहेको फिल्म हलमा रिलिज नभइ डिसहोम मार्फत फिल्म रिलीज हुन लागेको हो ।
कोरोना भाईरसका कारण फिल्म हलहरू बन्द भएपछि बारम्बार चलचित्रको प्रदर्शन मिति स्थगित हुँदै गर्दा हलमा रिलीज नभएपनि फिल्मको निर्माणपक्षले फिल्मलाई अब अन्य प्लेटफर्मबाट रिलिज गर्ने तयारी थालेको हो । एक्सन र लभस्टोरीमा आधारित रहेर बनेको फिल्मलाई ३० जेठबाट टेलिभिजनमा हेर्न सकिने छ ।
सविनकै निर्माणमा तयार भएको रेखासंगै दिल श्रेष्ठ लगायत कलाकारको भूमिका रहेको छ । आशिष भेटवालको निर्देशनमा तयार भएको फिल्म बनेको केही वर्ष बितेपनि हलमा रिलिज भने भएको थिएन । वैशाखको अन्तिम सातामा प्रदर्शन मिति तोकिएपनि लकडाउनका कारण निर्धारित समयमा पनि फिल्म रिलिज हुन सकेन ।