बच्चाहरूमा पेटका समस्या देखिए कोभिड १९को सङ्केत हुन सक्ने नयाँ अध्ययनले देखाएको छ । पेडियाट्रिक्समा फ्रन्टियर्स जर्नलमा प्रकाशित अनुसन्धानले केटाकेटीहरूले भोगेका पेट सम्बन्धी लक्षणहरूले आन्द्रामा पनि भाइरस हुने सम्भावनाको संकेत गर्छ भनेर उल्लेख गरिएको छ ।
ग्यास्ट्रोइन्टेस्टिनल संक्रमणजस्तै पखाला, ज्वरोका लक्षणहरू र कोभिड १९ को सम्पर्कमा आएका बच्चामा कोरोना भाइरस संक्रमण देखाउने हुन्छ । अनुसन्धानकर्ताहरूले गरेको अध्य्यनका अनुसार अस्पताल भर्ना भएका ५ बच्चाहरू मध्ये ४ जनामा देखिएको पहिलो लक्षण पेट सम्बन्धि समस्या थियो ।
कोभिड १९का बिरामीहरूलाई संक्रमित हुन एयर ड्रपलेट्सका रूपमा श्वासप्रश्वासको माध्यमबाट मात्र नभएर दिसा र मुखको प्रसारण मार्फत पाचन तन्त्रबाट पनि संक्रमण गर्छ । चीनका वुहानको टोन्जी अस्पतालका अध्ययन लेखक डा वेनबिन लीले भाइरस महामारी भएको क्षेत्रमा पाचनसम्बन्धि लक्षणहरू पीडित बच्चाहरूमा ज्वरो आएमा भाइरसबाट संक्रमित भएको हुन सक्ने बताए ।
त्यस्तै, अमेरिकन जर्नल अफ ग्यास्ट्रोएन्टेरोलाेजीमा वुहानमा कोभिड १९ भएका आधा बिरामीहरूमध्ये झाडापखाला एक प्रमुख लक्षण रहेको पत्ता लागेको उल्लेख छ ।