२४ घन्टामा ४४८ जना कोरोना संक्रमित थपिए
Friday, June 12th, 2020, 4:55 pm
काठमाण्डौ, ३० जेठ। नेपालमा कोरोना भाइरसको संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिंग मार्फत मन्त्रालयका प्रबक्ता गौतमले जानकारी दिएका हुन। २४ घन्टामा ४४८ जना कोरोना संक्रमित थपिएका छन् जसमध्ये ४२४ जना पुरुष रहेका छन भने २४ जना महिला रहेका छन्।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता गौतमले जानकारी दिए ।
हालसम्म नेपालमा ७२ ओटा जिल्लामा संक्रमित भेट्टिएको छ।