२४ घन्टामा १६ जना डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या ८७७ पुग्यो
Friday, June 12th, 2020, 4:47 pm
काठमाण्डौ, ३० जेठ। नेपालमा कोरोना भाइरसबाट थप २४ घन्टामा १६ जना डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिंग मार्फत मन्त्रालयका प्रबक्ता गौतमले जानकारी दिएका हुन। २४ घन्टामा १६ जना डिस्चार्ज हुने मध्ये ४ जना महिला रहेका छन् भने १२ जना पुरुष रहेका छन।
हालसम्म नेपालमा कोरोना भाइरसबाट निको हुनेको संख्या कुल ८७७ पुगेको छ। डिस्चार्ज हुनेको कुल ८७७ मध्ये ७८६ जना पुरुष रहेका छन् भने ९१ जना महिला रहेका छन्।