कारले ठक्कर दिँदा साइकलयात्री महिलाको मृत्यु
Friday, June 12th, 2020, 4:39 pm
विराटनगर, जेठ ३० । मोरङमा कारले ठक्कर दिँदा साइकलयात्री एक महिलाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचा–६ स्थित बस्ने ४२ वर्षीया हीमा आचार्यको शुक्रबार कारको ठक्करबाट मृत्यु भएको हो ।
बिहीबार बिहान सवा १० बजे सुन्दरहरैंचा दुलारी चौक राजमार्गमा को१च ८४८३ नम्बरको कारले साइकलयात्री हीमा आचार्यलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
न्युरो अस्पताल विराटनगरमा उपचारका लागि ल्याइएको उनको उपचारकै क्रममा शुक्रबार दिउँसो सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कार र कार चालक सुनसरी इटहरीका ललित बिक नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।