अनुसन्धानकर्ताः कोरोना भाइरसको खोप वर्षको अन्तिमसम्म उपलब्ध हुने
Friday, June 12th, 2020, 2:49 pm
कोरोना भाइरसको खोप यहि वर्षको अन्तिमसम्म उपलब्ध हुने बताइएको छ । कोरोना भाइरस बारे वैज्ञानिकहरूले विगतमा अन्य संक्रामक रोगहरू भन्दा द्रुत गतिमा खोज तथा अनुसन्धान गरिरहेका छन् ।
आर्मी अनुसन्धानकर्ताहरूले कोरोना भाइरस विरुद्धको खोप यो वर्षको अन्त्यसम्ममा अमेरिकाका केहि ठाउँहरूमा उपलब्ध हुने सम्भावना देखिएको बताएका हुन् । सैन्य संक्रामक रोग अनुसन्धान कार्यक्रमका निर्देशक कर्णेल वेन्डी सामोन्स ज्याक्सनले पेन्टागनमा भएको ब्रिफिङ्गको क्रममा यसो बताएका हुन् । उनले खोपको केही स्वरुप यो वर्षको अन्त्यसम्ममा उपलब्ध हुनसक्ने अपेक्षा गर्नु सान्दर्भिक रहेको बताउदै अमेरिकीका लागि मात्रामा खोप उपलब्ध हुन सक्ने बताए ।
आर्मी अनुसन्धानकर्ता डा. केभिओन मोजारड पनि खोपको तेस्रो चरणको परीक्षणको तयारी भइरहेको बेला खोप बन्न अब केही महिना मात्रै लाग्ने कुरामा आफु आशावादी रहेको बताउछन् । अमेरिकी तथा अन्तर्राष्ट्रिय कम्पनीसँग मिलेर खोप बनाउन काम तिब्र गतिमा भइरहेको छ । अमेरिकी आर्मीका अनुसन्धानकर्ताहरूले यहि गर्मी महिनाको अन्त्यसम्ममा खोप परिक्षण गरेर केहिलाई बितरण पनि गर्ने बताएका हुन् ।