झापाका ३० जना कोरोना जितेर घर फर्किए
Friday, June 12th, 2020, 1:43 pm
दमक, जेठ ३० । झापाका ३० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनीहरू कोरोनाबाट निको भइ घर फर्किएको प्रष्ठिानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।
उनका अनुसार बिहीबार साँझ बिपी प्रतिष्ठानबाट डिस्चार्ज भएका सबै ३० जना झापाका रहेका छन् । डिस्चार्ज हुने १८ देखि ४५ वर्ष उमेर समूहका रहेका छन् ।
अब प्रतिष्ठानको आइसोलेसनमा ३२ जना संक्रमित उपचाररत छन् । उनीहरूको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।