विध्या बालनको ‘शकुन्तलादेवी’ हलमा नभइ डिजिटल मार्फत रिलिज
Friday, June 12th, 2020, 12:47 pm
बलिउडकि अभिनेत्री विध्या बालन अभिनित फिल्म ‘शकुन्तलादेवी’ पनि डिजिटल प्लेटफर्मबाट रिलिज हुने भएको छ । लकडाउनका कारण हलमा रिलिज हुन नपाएको बायोपिक फिल्म अनलाइन प्लेटफर्म अमेजन प्राइम भिडियोबाट रिलिज हुने भएको छ ।
फिल्म डिजिटल मार्फत रिलिज हुने कुरा विध्या आफैले ट्विटर मार्फत फ्यानहरूलाई जानकारी गराएकी हुन् । भारतकी मानव कम्प्युटरको उपनामले चिनिने शकुन्तला देवीको बायोपिकमा आधारित रहेको फिल्ममा विध्याले शकुन्तलाको भूमिका निर्वाह गरेकी छिन् ।
सन् १९८६ मा विश्वव्यापी किर्तिमानको अभिलेख राख्ने शकुन्तला देवीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन समेत सफल भएकी थिइन् । अनु मेननको निर्देशन रहेको फिल्मलाई सोनी पिक्चर्स नेटवर्कले निर्माण गरेका हुन् ।
यस अघि नायक अक्षय कुमारको ‘लक्ष्मी बम’, अमिताभ बच्चन र आयुष्मान खुरानाको ‘गुलाबो सिताबो’, जान्ह्वि कपुरको ‘गुन्जन सक्सेना’ पनि डिजिटल प्लेटफर्मलाई रिलिज हुने बताइएको छ ।