कोरोना संक्रमित मुक्त भएका २४ देशको सुचि
Friday, June 12th, 2020, 12:28 pm
कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ४ लाख बढीको मृत्यु भएको छ भने ७५ लाख भन्दा बढी संक्रमणको शिकार भएका छन् । कम्तिमा विश्वभरका २० भन्दा धेरै देशका अस्पतालहरूबाट सबै संक्रमितहरू डिस्चार्ज भएर घर फर्किसकेका छन् ।
देशमा एउटा पनि सक्रिय संक्रमित नभएकाले उक्त देशहरूले आफूलाई कोरोना भाइरसबाट स्वतन्त्र घोषित गरिसकेका छन् ।
वोर्ल्डोमिटरको तथ्यांक अनुसार संसारभरीका २४ देश पूर्ण रुपमा संक्रमण मुक्त भइसकेका हुन् । यी देशहरूमा कोरोना भाइरसका एकजना पनि संक्रमित बाकी छैनन् । यो सूचीमा हालै न्यूजिल्याण्ड पनि समावेश भएको थियो । न्यूजिल्याण्डमा कोरोना भाइरसका अन्तिम रोगी ८ जुनमा स्वस्थ भएर घर फर्किएका थिए। संक्रमण मुक्त भइसकेका देशको सुची :
-न्यूजिल्याण्ड
-आइले अफ म्यान
-टकर्स एण्ड साइकोज
-भेटिकन सिटी
-मोन्टसेराट
-सेशेल्स
-मोन्टेनेग्रो
-तिमोर लेस्टे
-लाओस
-फिजी
-सेन्ट किट्स एण्ड नेविस
-फल्कल्याण्ड आइल्याण्ड
-ग्रिनल्याण्ड
-फाइरो आइल्याण्ड
-त्रिनिनाड एण्ड टोब्यागो
-अरुबा
-फ्रेन्च पोलेनेशिया
-मकाउ
-ब्रिटिश भर्जिन आइल्याण्ड
-पपुआ न्यू गिनी
-क्यारिबियन नेदरल्याण्ड
-सेन्ट बार्थ
-अङ्ग्वेलिया
-सेन्ट पियरे मिक्वेलन