सुनसरीमा पोखरीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
Friday, June 12th, 2020, 12:12 pm
इटहरी, जेठ ३० । सुनसरीमा पोखरीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ । बिहीबार सुनसरी देवानगञ्ज–७ रासीकी लक्ष्मीकुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएको हो ।
हिजो साझँ साढे ६ बजे घर नजिकै रहेको पोखरी छेउमा खेल्ने क्रममा अचानक लडेर पोखरीमा डुबेको अवस्थामा आफन्तले फेला पारेका थिए । तत्काल उपचारार्थ लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना सम्बन्धमा कानुनी कारबाही भइरहेको उक्त कार्यालयले जनाएको छ ।