ला लिगा : सेभिल्लाको जित
Friday, June 12th, 2020, 8:11 am
काठमाडौं, जेठ ३० । स्पेनको शीर्ष डिभिजन लिग ला लिगामा सेभिल्लाले जित निकालेको छ । बिहीबार राति भएको खेलमा सेभिल्लाले रियल बेटिसविरुद्ध २–० गोल अन्तरको जित निकालेको हो ।
सेभिल्लाको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन लुकास ओकाम्पोस र फर्नान्डोले एक–एक गोल गरे । बन्द रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको सो खेलको दोस्रो हाफमा २ गोल गरी सेभिल्लाले जितेको हो ।
यससँगै सेभिल्लाले ५० अंक बनाएको छ । ऊ अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । यता, पराजित रियल बेटिस भने ३३ अंकसहित १२औं स्थानमा छ ।