जोर बिजोर लागु हुनेगरी निजी सवारी साधनमात्र चल्न दिने
Thursday, June 11th, 2020, 6:19 pm
काठमाडौं, २९ जेठ । जोर बिजोर लागु हुनेगरी निजी सवारी साधनमात्र चल्न दिने निर्णय भएको छ।
महामारी रोकथामका लागि सुरक्षाको उपाय अपनाएर जोर बिजोर लागु हुनेगरी निजी सवारी साधनमात्र चल्न दिने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।
असार १ गतेदेखि लागु हुने गरी गाडीमा चालकबाहेक दुईजना मात्र बस्न गरी भने मोटरसाइकलमा चालक मात्र हुनुपर्ने गरी चलाउन पाइने छ ।
जोर बिजोर गरी निजी सवारी साधन चल्न दिने तर जोखिमका कारण सार्वजनिक सवारी साधान भने चल्न नदिने निर्णय भएको छ तर उपत्यकाबाहिरको अन्य जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न दिइने भएको छ ।