दुई सिफ्टमा सञ्चालन हुने गरी सरकारी र निजी कार्यालय खुल्ने
Thursday, June 11th, 2020, 6:10 pm
काठमाडौं, २९ जेठ । कर्मचारीबीच दूरी कायम गर्न गरी सरकारले सरकारी तथा निजी कार्यालय र बैंक, वित्तीय संस्था दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
महामारी रोकथामका लागि सुरक्षाको उपाय अपनाएर कार्यालय दुई सिफ्ट चलाउने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।
असार १ गतेदेखि लागु हुने गरी दुई सिफ्ट हुनेगरी विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्नुपर्नेछ।
लकडाउन सुरु गरेदेखि सरकारले अत्यावश्यक कार्यालय बाहेक अन्य कार्यालय बन्द गरेको थियो।