गर्मीमा सितलता प्रदान गर्ने नरिवल पानीका अन्य फाइदाहरू
Thursday, June 11th, 2020, 5:04 pm
नरिवलमा प्रशस्त मात्रामा पानीका साथै प्रोटिन, भिटामिन, मिनरल्स, इलेक्ट्रोलाइट्स, एमिनो एसिड लगायतका विभिन्न पोषण तत्वहरू पाइन्छ । नरिवल पानीको सेवनले शरीरलाई सितल बनाएर तत्काल उर्जा प्रदान गर्नुका साथै शरीरमा पानीको कमी हुन दिदैन । नरिवलको पानीको सेवनले गर्मी भगाउन पनि मद्दत गर्छ । छालाको सुन्दरताका लागि पनि नरिवल पानी एकदमै राम्रो मानिन्छ ।
तौल घटाउन कोशिस गरिरहेका व्यक्तिहरूले नरिवल पानीको सेवन गर्नु अति फाइदाजनक हुने गर्छ । नरिवल पानीमा फ्याट निकै कम मात्रामा हुने हुदा यसको नियमित सेवनले तौल घट्ने गर्छ । रिवल पानीमा खनिज, पोटेशियम र म्याग्नीशियम हुने कारण यसको सेवनले कुनै पनि मिर्गौलाका विभिन्न समस्याबाट पीडित व्यक्तिलाई फाइदा पुर्याउछ ।
राइबोफ्लेविन, नियासिन, थायमिन पाइराइडोक्साइन, फोलेट्स, भिटामिन जस्ता पोषक तत्व भएको नरिवलको पानीमा एन्टि-भाइरल र एन्टि-ब्याक्टेरियल गुण हुन्छ जसले शरीरको प्रतिरक्षा प्रणाली बढाउन र फ्लू जस्तो भाइरल संक्रमणको विरूद्ध लड्न मद्दत गर्छ । प्रतिरक्षा प्रणाली बलियो भएको खण्डमा शरीरमा विभिन्न प्रकारका रोगहरू लाग्ने सम्भावना निक्कै कम हुन्छ ।
नरिवलको पानीले रक्तसञ्चार सुधार गरेर उच्च रक्तचापको स्तरलाई कम गरि रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । नरिवल पानीको नियमित सेवनले शरीरको खराव कोलेस्ट्रोलको मात्रालाई कम गरि हृदयघात र अन्य हृदय सम्बन्धी जोखिम कम गर्छ । यसले रगतमा चिनीको स्तरलाई पनि नियन्त्रण गर्छ । गर्भवती महिलाहरूको लागि मुटु पोल्ने समस्या, ढिलो पाचन तथा कब्जियतसँग लड्नका लागि नरिवल पानी फाइदाजनक हुन्छ ।