सुनको भाउ प्रतितोला ९० हजार
Thursday, June 11th, 2020, 4:12 pm
काठमाडौं, जेठ २९ । नेपाली बजारमा सुनको मूल्यमा अनपेक्षित रूपमा बढेको छ । आज सुनको मूल्य ८९ हजार ६०० कायम भई हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा रु हजारले बढेको छ । यसैगरी तेजाबी सुन प्रतितोला रु ८९ हजार १६५ मा कारोवार भइरहेको छ महासंघले जनाएको छ ।
यसैगरी चाँदीको मूल्य प्रतितोला रु ९५० कायम भएको छ । गत आइतबारदेखि सुनको मूल्यमा निरन्तर बढोत्तरी भइरहेको छ । उक्त दिन रु ८७ हजार ४०० मा एकतोला सुन खरिद बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको स्थानीय बजारमा पनि प्रभाव परेको सुनचाँदी व्यवसायीले बताएका छन् ।