उदयपुरमा कोरोना संक्रमितको संख्या ४० पुग्यो
Thursday, June 11th, 2020, 3:10 pm
उदयपुर, जेठ २९ । उदयपुरमा कोरोना भाइरस संक्रमितको संख्या ४० पुगेको छ । बिहीबार थप तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुबेदीले जानकारी दिए ।
उनका अनुसार त्रियुगा नगरपालिका–१० का २ जना र कटारी नगरपालिकाका एक जनामा संक्रमण देखिएको हने ।
काठमाडौँस्थित टेकु र विराटनगर प्रयोगशालामा गरिएको परीक्षणबाट थप तिन जनामा कोरोना संक्रमण देखिएको हो ।
हालसम्म त्रियुगा नगरपालिकामा ३५ जना, बेलका नगरपालिकामा दुई, चौदण्डीगढी गाउँपालिका, कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा एकरएक जना गरी ४० जनामा कोरोना पुष्टि भएको छ ।
उदयपुरमा उपचारपछि निको भएर घर फर्कनेको संख्या ३२ पुगेको छ । पुष्टि भएकामध्ये त्रियुगा नगरपालिका–३ भुल्केका २१ जना र त्रियुगा नगरपालिकां ११ गाईघाटका पत्रकार गरी ३२ जनाले कोरोना जितेर घर फर्किएका छन् ।