धुम्रपान गर्नेहरू संक्रमणको बढी जोखिममा हुन्छन्
Thursday, June 11th, 2020, 3:03 pm
धूम्रपान गर्ने व्यक्तिहरूमा कोरोना भाइरसको संक्रमण हुन सक्ने सम्भावना धेरै रहेको अध्ययनले देखाएको छ ।
अमेरिकाको क्यालिफोर्निया स्थित युनिभर्सिटीको अध्ययनमा धुम्रपान गर्ने व्यक्तिहरूमा कोभिड १९ को गम्भीर लक्षणहरू देखा पर्नुका साथै त्यस्ता व्यक्तिहरू मर्ने सम्भावना पनि धेरै हुने अध्ययनले देखाएको हो । स्टान्टन ग्लान्जले धूम्रपान र ई-सिगरेटको प्रयोगले सामान्यतया श्वासप्रश्वासको संक्रमणको गम्भीरतालाई बढाउने हुदा धूम्रपान गर्ने व्यक्तिहरूमा कोभिद १९को जोखिम बढाउन सक्ने बताएका हुन् ।
उनि युसीएसएएफ सेन्टर फर टोव्याको कन्ट्रोल रिसर्च एण्ड एदुकेसनका प्राध्यापक हुन् । मर्सको संक्रमणको समयमा धूम्रपान गर्ने मानिसहरूको मृत्युदर र संक्रमणको दर पनि उच्च रहेको थियो । अध्ययनकर्ताहरूले निष्कर्षमा पुग्नका लागि चीन, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका १९ ओटा अनुसन्धानलाई अध्ययन गर्केका थिए ।
अध्ययनले ३० प्रतिशत धुम्रपान गर्नेहरू १७.६ प्रतिशत धूम्रपान नगर्नेहरूको तुलनामा बढी गम्भीर हुने पत्ता लागेको छ । अनुसन्धानकर्ताहरूले यस विषयमा थप अनुसन्धान हुन आवश्यक रहेको बताएका छन् ।