वीर अस्पताललाई स्वस्तिश्री गुरुकुल स्कुलको ज्याकेट सहयोग
Thursday, June 11th, 2020, 2:24 pm
काठमाडौं, २९ जेठ । काठमाडौंको सानोभर्याङ्गमा रहेको स्वस्तिश्री गुरुकुल स्कुलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) एनेस्थेसिया विभागलाई ८० थान ज्याकेट निःशुल्क हस्तान्तरण गरेको छ ।
कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिने चिकित्सकहरुलाई लकडाउनका बेला आवतजावत र पहिचानमा सहज होस् भन्नका लागि ज्याकेट उपलब्ध गराइएको हो ।
बिहीबार आयोजित एक कार्यक्रममा स्वस्तिश्री गुरुकुल स्कूलका समाजसेवी डा.लुःज मानन्धरले एनेस्थेसिया विभागीय प्रमुख प्रा.डा. शान्ता सापकोटालाई ज्याकेट हस्तान्तरण गरेका थिए ।