‘बुलबुल’नामक वेव सिरिज बनाउदै अनुष्का
Thursday, June 11th, 2020, 2:19 pm
बलिउड अभिनेत्री अनुष्का शर्माले नयाँ वेब सिरिज ‘बुलबुल’ बनाउने जानकारी दिएकी छिन् । उनले फिल्मको फस्ट लुक भिडियो पोस्टर सार्वजनिक गर्दै ‘बुलबुल’ निर्माण गर्न लागेको आफ्नो फेसबुक मार्फत जानकारी दिएकी हुन् ।
अनुष्काले सार्वजनिक गरेको फस्टलुकमा एउटा उल्टो खुट्टा भएकी युवती आफ्नो सपनाको दुनिया तर्फ अगाडी बढ्दै गरेको देख्न सकिन्छ । फिल्म हरर थ्रिलर रहेको अनुमान गर्न सकिन्छ । सिरिजमा आत्म खोज, न्याय, रहस्य र षड्यन्त्रले भरिएको कल्पनिक कथा हुने अनुष्का बताउछिन् ।
फिल्म नेटफ्लिक्समा २४ जुनमा स्ट्रिमिंग हुने पक्का भएको छ । केहि समय अगाडी अनुष्काकै निर्माणमा बनेको वेव सिरिज ‘पाताल लोक’मा नेपाली महिलालाई अपशब्द प्रयोग गरिएको भनेर नेपालमा निकै विवादित बनेको थियो ।