लकडाउन खुकुलो पार्ने सरकारको निर्णय, कुन व्यवसाय कहिले खोल्न पाइन्छ ?
Thursday, June 11th, 2020, 1:57 pm
काठमाडौं, २९ जेठ । सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
सरकारले समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । यसअनुसार पहिलो चरण बिहीबारबाट २१ दिन लागू हुनेछ । त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ । त्यसपछि तेस्रो चरण पनि थप १५ दिन लागू हुनेछ ।
तीनै चरण पूरा भएपछि मात्र सरकारले कोरोना संक्रमणको स्थिति विश्लेषण गरी सबै सेवा तथा व्यवसाय खुला गर्नेछ । अहिलेकै अवस्थामा पनि लकडाउन पूर्णतया अन्त्य हुन कम्तीमा ५१ दिन लाग्नेछ । यसबीच संक्रमणको अवस्था अहिलेभन्दा नराम्रो भयो भने यो तालिका परिवर्तन हुनसक्छ ।