विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने तालिका, उडान र भाडा विवरण हेर्नुहोस्
Thursday, June 11th, 2020, 1:54 pm
काठमाडौं, २९ जेठ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने उडान तालिका तय गरेको छ । पहिलो चरणको उद्धार उडानका लागि संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड(१९ व्यवस्थापन केन्द्र (सिसीएमसी) लाई बुझाएको छ ।
सिसीएमसी स्रोतले दिएको जानकारीअनुसार जेठ ३२ देखि असार ११ गतेसम्मको उडान तालिका बनेको छ । यसमा एकै दिनमा विभिन्न देशमा उडानहरू हुने छन् । उद्धार उडानका लागि मन्त्रालयले नेपालबाट सरकारी स्वामित्वको नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज पठाउने छ ।
विभिन्न देशमा रहेका ५६ हजारले नेपाल फर्किन चाहेका थिए भने परराष्ट्र मन्त्रालयले २४ हजारलाई सिफारिस गरेको छ । सरकारले ३० मुलुकबाट फर्किन स्वीकृत गरेकामध्ये सबभन्दा बढी मलेसियाबाट ६ हजार ४ सय छन् भने सबभन्दा कम लाओसबाट २ जना छन् ।