क्वारेन्टाइनबाट दोस्रोपल्ट भागिन् महिला, खोजी कार्य तीब्र
Thursday, June 11th, 2020, 1:46 pm
तुलसीपुर, २९ जेठ । दाङको तुलसीपुरमा रहेको क्वारेन्टाइनबाट एक महिला भागेकी छन् । तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारा माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट २८ वर्षीया महिला गए राति भागेकी हुन् ।
ती महिलाको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । खोजी कार्यका लागि प्रहरी निरीक्षक झलकप्रसाद शर्माको नेतृत्त्वमा प्रहरी परिचालन गरिएको छ ।
यसअघि पनि क्वारेन्टाइनबाट भागेकी ती महिलालाई बिरुवाको डाँडाबाट फर्काएर ल्याइएको थियो । गत जेठ १९ गतेदेखि उनी श्रीमानसँग क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।
सो क्वारेन्टाइनमा ६७ जना रहेका छन् ।