खाटबाट लडेर १६ वर्षीया किशोरीको मृत्यु
Thursday, June 11th, 2020, 11:49 am
सुनसरी, २९ जेठ । सुनसरीमा खाटबाट लडेर १६ वर्षीया किशोरीको मृत्यु भएको छ । बुधबार कोशी गाँउपालिका–३ की १६ वर्षीया अञ्जिता उरावको लडेर मृत्यु भएको हो ।
अञ्जिता हिजो अपरान्ह ४ बजे आफ्नै घरमा खाटमा बसेर टिभी हेरिरहेको अवस्थामा अचानक खाटबाट लडेर बेहोस् भएकी थिइन् । उनलाई उपचारार्थ लजाँदै गर्दा सवा ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना सम्बन्धमा कानुनी कारबाही भइरहेको उक्त कार्यालयले जनाएको छ ।