कोरोनाका बीच चुनावी र्याली सुरु गर्ने राष्ट्रपति ट्रम्पको घोषणा
Thursday, June 11th, 2020, 8:59 am
काठमाडौं, २९ जेठ। कोरोना महामारीका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी र्याली सुरु गर्ने भएका छन् । ट्रम्पले कम्तिमा चार राज्यमा चुनावी र्याली गर्ने बताएका छन् ।
कोरोना संक्रमण सुरु भएपछि तीन महिना अगाडि चुनावी र्याली स्थगित गरिएको थियो ।
ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले ओकाहामा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलिनाबाट चुनावी र्याली सुरु गर्ने जानकारी दिए । सम्भवतः सबैभन्दा पहिले आगामी शुक्रबार ओकाहामाबाट र्याली सुरु हुने छ ।