ब्राजिलियन स्टार खेलाडी नेयमारविरुद्ध उजुरी
Wednesday, June 10th, 2020, 7:53 pm
काठमाडौं, जेठ २८ । ब्राजिलियन स्टार खेलाडी नेयमारविरुद्ध उजुरी परेको छ । आमा नादिने गोन्काल्भेसका प्रेमी तथा मोडेल टियागो रामोसलाई अपशब्द प्रयोग गरी गोली गरेको भन्दै नेयमारमाथि उजुरी परेको हो ।
नेयमारले पोर्चुगिज शब्द ‘भियाडिन्हो’ ब्राजिल भाषामा लेखेका छन् । त्यसको अर्थ होमोसेक्सुअल भन्ने हुन्छ ।
नेयमारकी ५२ वर्षीया आमा २३ वर्षीय युवासँग प्रेममा रहेकी छन् । तर, उनीहरूको बीचमा खटपट भएको खबर बाहिरिएको थियो ।
गत मंगलबार यी दुईबीच झगडा हुँद रामोसको हातमा चोट लागेको जनाइएको छ । ब्राजिल प्रहरीका अनुसार सामान्य विवादका क्रममा रामोसले अपार्टमेन्टको झ्यालमा मुक्का प्रहार गरेका थिए, जसबाट उनको हातमा गम्भीर चोट लागेको हो ।