कोरोना भाइरसको उपचारमा बाबा रामदेवको औषधि प्रभावकारी रहेको दाबी
Wednesday, June 10th, 2020, 4:45 pm
पतंजलिका संस्थापक बाबा रामदेवले कोरोना भाइरसको उपचारको लागि चाहिने औषधि प्रभावकारी रहेको दाबी गरेका छन् । कोरोना भाइरसको उपचारका लागि गुर्जो र अश्वगन्धाले १०० प्रतिशत प्रभावकारी काम गर्ने बाबा रामदेवले दाबी गरेका हुन् ।
बाबा रामदेवले भारतीय मिडिया संग दिएको एक अन्तर्वार्तामा कोरोना भाइरस शरीरमा प्रवेश गर्दा भाइरसले सम्पूर्ण प्रणालीलाई गडबड गर्ने बताएका छन् । भाइरस शरीरमा फैलिएर अधिक कोषहरूलाई संक्रमित गर्दै लान्छ । गुर्जो र अश्वगन्धाले भाइरसको यो श्रृंखलालाई तोड्न सक्ने हुन्छ । संक्रमित बिरामीहरूलाई गुर्जो र अश्वगन्धा प्रदान गरिसकेको छ र ती बिरामीहरूको सय प्रतिशत स्वास्थ्य लाभ गरेको र कसैको पनि मृत्यु नभएको उनि बताउछन् ।
गुर्जो र अश्वगन्धाको क्लिनिकल परीक्षणहरू अझै भइरहेको छ । आयुर्वेदमा घातक कोरोना भाइरसको लक्षणहरूको उपचार मात्रा नभएर रोगको जराबाट पनि उपचार गर्न सक्ने बाबा रामदेव बताउछन् । बाबा रामदेवका साथै जापानको एआईएसटीको सहयोगमा भारतीय इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरूले अश्वगंधाले कोभिड १९ विरुद्ध लड्न सक्ने बताएका थिए ।