पछिल्लो २४ घन्टामा ९० जना डिस्चार्ज, निको हुने संख्या ६७४ पुग्यो
Wednesday, June 10th, 2020, 4:27 pm
काठमान्डौ, २८ जेठ। नेपालमा पछिल्लो २४ घन्टामा ९० जना डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रबक्ताले जानकारी गराएका हुन्।
पछिल्लो २४ घन्टामा ९० जना डिस्चार्ज भएका मध्यॆ २ जना महिला रहेका छन् भने ८८ जना पुरुष रहेका छन्।
यसै गरी हालसम्म कोरोनाबाट निको हुने को संख्या ६७४ रहेका छन् जसमध्ये ५९५ जना पुरुष रहेका छन् भने ७९ जना महिला रहेका छन्।