यूरोपेली मुलुकमा लकडाउनका कारण लाखौंको ज्यान जोगीयो
Wednesday, June 10th, 2020, 4:13 pm
एजेन्सी, २८ जेठ । लकडाउनका कारण युरोपेली मुलुकमा धेरैको ज्यान जोगिएको एक अध्ययनले देखाएको छ ।
लन्डन स्थित इम्पिरिएल कलेजमा गरीएको अध्ययनअनुसार युरोपका विभिन्न ११ देशमा कोरोना महामारीबाट जोगिन लागु गरीएको लकडाउनले गर्र्दा ३० लाख मानिसको ज्यान जोगियो हो ।
गत मार्चको २ देखि यूरोपेली देशहरुमा मानिसको धेरै भीड हुने स्थानहरु ज्स्तै, विद्यालय, पार्कसाथै अन्य थुप्रै स्थानमा प्रतिबन्ध लगायत देशव्यापी रुपमा लकडाउन लागु गरीएको थियो ।
यूरोपेली देशहरुमा अस्ट्रिया, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, इटली, नर्वे, स्पेन, स्वीडेन, स्विजरल्याण्ड, र बेलायत पर्छन् । युरोपका इटाली, स्पेन र बेलायतमा कोभिड १९ को महामारीबाट सबैभन्दा ठूलो क्षति पुगेको छ ।