प्रदेश १ मा कोरोना संक्रमितको संख्या तीनसय नजिक, आजै थप १४ जनामा संक्रमण
Wednesday, June 10th, 2020, 3:58 pm
विराटनगर, जेठ २८ । प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको संख्या तीनसय नजिक पुगेको छ ।
बुधबार थप १४ जनालाई कोरोना पोजेटिभ देखिएसँगै प्रदेश एकमा संक्रमितको संख्या २ सय ९६ पुगेको हो ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार झापा, मोरङ र उदयपुरमा जनामा कोरोना संक्रमण देखिएको हो ।
उनका अनुसार मोरङमा आठ जना, झापामा पाँचजना र उदयपुरमा एकजनामा संक्रमण पुष्टि भएको हो ।
मोरङ रतुवामाई नगरपालिकाका आठजना, झापाको मेचिनगरमा एकजना, कनकाई नगरपालिकामा तीनजना र गौरादहमा एकजना संक्रमण देखिएको हो । यसैगरी उदयपुरको गढी गाउँपालिका–५ का २५ वर्षीय युवामा संक्रमण देखिएको हो ।
प्रदेश १ का संक्रमितमध्ये १ सय २५ उपचारपछि निको भएर घर फर्किएका छन् ।