जान्हवीको ‘गुञ्जन सक्सेना’ नेटफ्लिक्सबाट रिलिज हुदै
Wednesday, June 10th, 2020, 3:56 pm
लामो समय देखिको लकडाउनले सिनेमा हलहरू बन्द भएका कारण कैयौं फिल्महरू रिलिजको प्रतीक्षामा छन् । त्यस्तै निर्माण सकिएर रिलिजका लागि तयार भएका फिल्महरूलाई निर्माताहरूले डिजिटल प्लेटफर्ममा रिलिज गर्ने क्रम पनि बढिरहेको छ । यसै क्रममा बलिउडकी अभिनेत्री जान्हवी कपुर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ पनि डिजिटल प्लेटफर्मबाट रिलिज हुने भएको छ । लकडाउनका कारण हलमा रिलिज हुनु अगाडी नै फिल्मलाई नेटफ्लिक्सबाट रिलिज गर्न लागेको हो ।
चर्चित निर्माता करण जोहरले फिल्मलाई हलमा रिलिज नगरी डिजिटल माध्यमबाट मात्र रिलिज गर्ने बताएका हुन् । भारतको एयर फोर्समा काम गर्ने, गुञ्जन सक्सेना नाम गरेकी महिलाले सन् १९९९ को कार्गिल लडाइँमा सैनिकहरूको ज्यान जोगाएकी थिइन् । जान्हवीले उनै महिलाको भूमिका चलचित्रमा निर्वाह गरेकी छिन् । उक्त महिलाको कथामा फिल्म आधारित भएको छ ।
धर्मा प्रोडक्सनको निर्माणमा तयार भएको फिल्मको डिजिटल रिलिजको मिति भने तय गरिएको छैन । यसअघि अमिताभ बच्चन र आयुष्मान खुरानाको ‘गुलाबो सिताबो’ र विद्या वालनको ुशकुन्तलादेवी’ पनि डिजिटल प्लेटफर्मबाट रिलिज हुने घोषणा गरिएको छ ।