“जानी नजानी” नायिका बस्नेतलाई कोरोना संक्रमण भएको पुस्टि
Wednesday, June 10th, 2020, 3:16 pm
‘जानी नजानी’ फिल्ममा मुख्य अभिनय गरेकी नायिका निरिषा बस्नेतलाई कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । भारतमा रहेर सिरियलहरूमा अभिनय गरिरहेकी निरिषालाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको हो ।
उनलाई दिल्लीमा नै कोरोना संक्रमण भएको बताइन्छ । सङ्क्रमण पुस्टी भएपछि चिकित्सकको निगरानीमा रहेकी उनि रिपोर्ट नेगिटिभ नआएसम्म अस्पतालमै रहेर उपचार गराउने छिन् । उनको स्वास्थ्य अवस्था बारेमा हाल सम्म आधिकारिक जानकारी भने दिइएको छैन ।
कलाकार तथा स्क्रिप्ट राइटर विश्व बस्नेतकी छोरी निरिषाले भारतीय सिरियल ‘चन्द्र नन्दिनी’ मा अभिनय गरिसकेकी छिन् । उनको अभिनय रहेको पहिलो नेपाली फिल्मले बक्स अफिसमा खासै सुखद् व्यापार गर्न नसकेपछि उनी मुम्बईमा नै रहेर काम गरिरहेकी हुन् ।