लकडाउनको समयमा शरीरको तौल घटाउने तरिका
Wednesday, June 10th, 2020, 2:43 pm
अहिले लकडाउनको समय छ । लकडाउनको समयमा मानिसहरूको जीवनशैलीमा परिवर्तन आएको छ । अधिकांस मानिसहरूको खाने तथा सुत्ने शैलीमा आएको परिवर्तनले उनीहरूको तौल बढीरहेको छ । जसकारण सबैले लकडाउनलाई दोष दिइरहेका छन् । लकडाउन सुरु हुन अघि मानिसहरू जिम, अफिस वा अन्य ठाउँमा जाने हुदा त्यो बेलामा धेरै शारीरिक गतिविधि भैरहेको थियो । तर, अब मानिसहरू घरमा बस्न बाध्य छन् र घरबाट काम गरिरहेको कारण शारीरिक गतिविधिहरू पनि प्रतिबन्धित छन् र खानपानका परिवारण आइरहेको छ – जसकारण परिणामस्वरूप शरीरको तौल बढिरहेको छ ।
शरीर मोटाउने क्रममा हुदा धेरै जसो सबै तौल पेटमा जम्मा हुने गर्छ । तौल बढ्दा मधुमेह, रक्तचाप, कोलेस्ट्रोल जस्ता अन्य स्वास्थ्य समस्याहरू हुने सम्भावना बढिरहेको हुन्छ । जीवनशैलीमा परिवर्तन, गलत खानपान, अत्यधिक जंकफुडको सेवन, व्यायामको कमि, लापरवाही र तनाब का कारण तौलबाट बढ्ने हुन्छ । शरीर फिट बनाउने चाहना सबैको हुदा हुदै पनि ध्यान दिन नसकेका कारणले गर्दा सफल हुन सकिदैन । लकडाउनको समयमा शरीरको तौल घटाउने तरिकाहरू यहाँ छन् :
-दैनिक ३० मिनेट देखि १ घण्टासम्म नियमित पसिना आउन्जेल व्यायाम तथा योग गर्ने
-विहान खालीपेटमा एक गिलास तातो पानी पिउने (चिनी नराखी कागती पानी पिउन पनि सकिन्छ)
-राती सुत्नु अघि २/३ घण्टा अगाडी नै खाइसक्ने
-नुन र चिनीको मात्रालाई कम गर्ने
-प्रसस्त मात्रामा पानी पिउने
-कार्बोहाइड्रेटको मात्रालाई कम गरेर र प्रोटिन, फाइबर र अन्य भिटामिन युक्त खानेकुराको सेवन गर्ने
-चिल्लो, बोसो युक्त तथा जंकफुडको सेवन त्याग्ने
– पर्याप्त सुत्ने तथा तनाव कम लिने
-वर्क फ्रम होम गरिरहनु भएको छ भने हरेक २० देखि ३० मिनेटमा उठेर २ मिनेट भएपनि शरीरलाई चलाउने