कालिकोटमा ३९ जना सवार टिपर दुर्घटना, दुईको मृत्यु, ११ जना घाइते
Wednesday, June 10th, 2020, 2:24 pm
कालिकोट, जेठ २८ । कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित कर्णाली करिडोरमा टिपर दुर्घटना भएको छ । ३९ जना यात्रु बोकेको सो टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
यसैगरी ६ जना बेपत्ता भएका छन् । भारतबाट आएका व्यक्ति लिएर कालिकोटको रासकोट नगरपालिकाको क्वारेनटाइनमा जाँदै गरेको ना ८ ख ५१३३ नम्बरको ट्रिपर कर्णाली कोरिडोरको लालिघाटबाट कर्णाली नदिमा खसेर दुर्घटनामा परेको हो ।
टिपर नदीमा खस्दा ६ जना कर्णाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कालीकोटका प्रमुख श्यामबाबु ओलियाले बताए । उनका अनुसार अहिले बेपत्ताको खोजी भइरहेको र नौ घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिँदै गरेको छ ।
बाइस यात्रु सकुशल रहेको र टिपर चालक फरार रहेको जनाइएको छ ।