चितवनमा पेस्तोल र गोलीसहित एक जना पक्राउ
Wednesday, June 10th, 2020, 1:36 pm
चितवन, जेठ २८ । चितवनमा पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ कासुजन सुनार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
उनका अनुसार उनलाई सोही स्थानबाट सोमबार अपराह्न ४ बजे पेस्तोल, फायर भएको गोली, खोकासहित पक्राउ गरिएको हो ।
सुनारको घरमा अवैध हातहतियार राखेको गोप्य सूचनाको आधारमा खानतलासी गर्दा उनको घरबाट ९ एमएम लेखिएको पेस्तोल एक थान, फायर भएको जस्तो देखिने गोली १० थान, खोका २ थान फेला पारिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।