चितवनमा देखियो थप २ जनामा कोरोना भाइरस
Wednesday, June 10th, 2020, 10:56 am
काठमाडौं, जेठ २८ । चितवनमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा १ सय ३७ वटा नमुना परीक्षण गरिएकोमा ४ वटामा पोजेटिभ आएको छ। जसमध्ये २ जना चितनवका हुन्।
संक्रमितमध्ये भरतपुर ५ का २८ वर्षका र कालिका नगरपालिका( ६ जुटपानीका २० वर्षका पुरुष छन्।
त्यस्तै, नवलपरासी बर्दघाट सूस्ता पूर्वका दुई जना संक्रमित छन्। जसमध्ये गैँडाकोट १३ र १४ वर्ष २३ र २६ वर्षका पुरुष रहेको भरतपुर अस्पताल प्रयोगशालाले जनाएको छ।