प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण, अस्पताल भर्ना
Sunday, January 23rd, 2022, 2:28 pm
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपाल मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको छ ।
दाहाललाई शनिबार राति अस्पताल लगिएको हो । दाहालमा निमोनियाको लक्षण पनि देखिएको छ । उहाँ लामो समयदेखि अस्वस्थ रहनुभएको छ । यसअघि प्रचण्डलाई पनि संक्रमण भएको थियो । उहाँ संक्रमणमुक्त भइसक्नुभएको छ ।