पूर्व विजेता अजारेन्का अष्ट्रेलियन ओपनबाट बाहिर
Sunday, January 23rd, 2022, 11:21 am
एनेन्सी । पूर्व विजेता भिक्टोरिया अजारेन्का अष्ट्रेलियन ओपन टेनिसको चौथों चरणबाट बाहिरिनु भएको छ ।
दुई पटककी अष्ट्रेलियन ओपन विजेता अजारेन्का बार्बोरा क्रेचकिकोभासँग २–० को सोझो सेटमा पराजित हुदै अष्ट्रेलियन ओपन ग्रन्ड स्ल्याम टेनिसको चौथों चरणबाट बाहिरिनु भएको हो ।
फ्रेन्च ओपन विजेता बार्बोरा क्रेचकिकोभाले सन् २०१२ र २०१३ की विजेता अजारेन्कालाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गर्नु भयो ।
क्रेचकिकोभाले अर्को चरणमा माडिसन किजको सामना गर्नु हुने छ । यस्तै जेसिका पेगुलाले साकारीलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्नु भएको छ । जेसिकाले मारियालाई ७–६ (७–०) र ६–३ को सेटमा पराजित गर्नु भयो ।