मन्त्रिपरिषद् बैठक बुधबार बस्ने गरी स्थगित
Tuesday, June 9th, 2020, 8:20 pm
काठमान्डौ, जेठ २७। आज लकडाउनकाे मोडालिटी परिवर्तनबारे छलफल गर्न भनिएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्रीको व्यस्तता र संसद्मा मन्त्रीहरू पनि व्यस्त रहेकाले आजको बोलाइएको बैठक स्थगित भएर बुधबार सरेको हो।
बुधबारका दिउँसाे २ बजेका लागि बैठक बाेलाइएकाे ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।