लकडाउनकाे मोडालिटी परिवर्तनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक जारी
Tuesday, June 9th, 2020, 6:21 pm
काठमान्डौ, जेठ २७। आज लकडाउनकाे मोडालिटी परिवर्तनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक जारी भएकाे छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार साँझ ६ बजेबाट लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गर्न बैठक बस्न लागेको हो।
गत आइतबार लकडानको स्वरूप परिवर्तन गर्न प्रधानमन्त्रीसहितको उच्चस्तरीय समन्वय समितिको पनि बैठक बसे पनि ठोस निर्णय भने आएको थिएन।
उता, लक डाउनको उल्लङ्घन गर्दै ब्यापारीहरु आफ्नो व्यवसाय सुरु गरिसकेका छन् भने सरकारले अझै सम्म निर्णय लिन सकेको छैन। सरकारले ठोस निर्णय नलिदा मानिसहरुमा अन्योलमा परेका छन्।