उपत्यकामा चहलपहल बढ्दै, सवारी साधनको चाप बढ्यो
Tuesday, June 9th, 2020, 5:49 pm
काठमान्डौ, जेठ २७। काठमाडौं उपत्यकाकामा जारी बन्दाबन्दीकै बीच मुख्य सडकमा केहि दिनदेखि मानिसहरुको र सवारी साधनको चाप बढेको छ ।
आर्थिक जीवन प्रभावित हुन थालेपछि मानिसहरु काममा निस्कन थालेका र त्यसै कारण सडकमा सवारी साधनको चाप बढेको हो ।
प्रहरीले पनि दिउसोको समयमा सवारी साधनको जाँचलाई केही खुकुलो बनाएको देखिन्छ भने मानिसहरु पनि आफ्नो ब्यापार व्यवसाय गर्न सुरसार थालेका छन।
कुनैपनि संस्थाको परिचयपत्र बिना सवारी चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिई कारबाही गरे पनि पछिल्लो समय चेकजाच नभएको देखिन्छ।