इलाममा पहिलोपटक कोरोना पुष्टि
Tuesday, June 9th, 2020, 5:23 pm
इलाम, जेठ २७ । कोरोना भाइरस संक्रमित जिल्लाहरूको संख्या ७२ पुगेको छ । पछिल्लो २६ घण्टायता इलाममा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
इलाम जिल्लामा पनि पहिलोपटक संक्रमण फेला परेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यससँगै संक्रमित जिल्लाहरूको संख्या ७२ पुगेको छ । अब पाँच जिल्ला मात्र कोरोना कोरोनाबाट मुक्त छन् ।
ओखलढुंगा, मनाङ, मुस्ताङ, रसुवा र रुकुम पश्चिममा हालसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।
पछिल्लो २४ घण्टामा ३ सय २३ जना नयाँ संक्रमित थपिएका छन् । २ सय ९२ जना पुरुष र ३१ जना महिलामा पीसीआर परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएको हो ।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ८५ पुगेको छ । जसमध्ये ३ हजार ७ सय ९८ पुरुष र २ सय ८७ महिला रहेका छन् ।