काेराेना संक्रमितकाे संख्या ४ हजार ८५ पुग्याे, निकाे हुनेकाे संख्या ५ सय ८४
Tuesday, June 9th, 2020, 4:57 pm
काठमान्डौ, जेठ २७। नेपालमा कोरोना संक्रमितको संख्या कुल ४ हजार ८५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमका अनुसार काेराेना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।
यसैगरी मंगलबार काेराेनामुक्त भएर ९६ जना डिस्चार्ज भएका छन् । यससँगै निकाे हुनेकाे संख्या ५ सय ८४ पुगेकाे छ ।