कोरोनाबाट थप १ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १५ पुग्यो
Tuesday, June 9th, 2020, 4:45 pm
काठमान्डौ, जेठ २७। नेपालमा कोरोना भाइरसबाट थप एक जनाको ज्यान गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रबक्ताले जानकारी दिएका हुन्। मृत्यु हुनेमा भरतपुर ११ का पुरुष रहेका छन । उनको हिजो बेलुका कोरोना रिपोट पोजेटिभ आएको थियो भने आज बिहान उनको मृत्यु भएको हो।
मृत्यु हुने पुरुष ज्वरो, निमोनिया र पेसरका बिरामी थिए।