अब घर नै विद्यालय: शिक्षामन्त्री पोखरेल
Tuesday, June 9th, 2020, 3:57 pm
काठमाडौं, जेठ २७ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस महामारीका कारण घर नै विद्यालय बनेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पोखरेलले चार वटा पद्धतिको आधारमा घरलाई नै विद्यालय बनाउने सोच अनुरुपमा निर्देशिका जारी गरिएको बताए ।
‘हामीले चारवटा पद्धतिको आधारमा यो घरघरमा बसिरहेकालाई घरलाई नै विद्यालय बनाउने सोच अनुरुप स्कुल र अभिभावकको संयोजनमा यो कामलाई अगाडी बढाउन खोजिएको छ,’ उनले भने ,
उनले घरघरमा पुस्तक पठाउने, एफएममार्फत पठन पाठन गराउने, टेलिभिजन र केबुलहरूबाट पठनपाठन गराउने, र अनलाइन एजुकेसनबाट पठनपाठन गराउने व्यवस्था गरेको बताए