चलचित्र ‘म यस्तो गीत गाउँछु –२’ को प्रदर्शन रोकियो
Wednesday, January 19th, 2022, 12:26 pm
काठमाडौं । नेपालमा तेस्रो लहरको कोरोना भाइरस दिन–प्रतिदिन बढ्दो क्रममा रहेका कारण चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ को प्रदर्शन रोकिएको छ ।
आगामी माघ १९ गते प्रदर्शन गर्न लागेको सो चलचित्र कोरोना भाइरसका कारण प्रदर्शन नगर्ने निर्णय गरेको सो चलचित्रका निर्देशक सुदर्शन थापाले एक विज्ञप्ति जारी जानकारी दिनु भएको हो । अब अर्को सूचना नआउँदासम्मका लागि चलचित्र प्रदर्शन नहुने सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।