कोरोना नियन्त्रणमा भएको १० अर्बको हिसाबकिताब चाहिन्छ: गगन थापा
Tuesday, June 9th, 2020, 1:32 pm
काठमाडौं, जेठ २७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण तथा रोकथामका भएका सम्पूर्ण खर्चको सदनलाई जानकारी गराउन सरकारसंग माग गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रणका लागि भएको भनिएको १० अर्ब खर्चको एक एक हिसाब सदनलाई जानकारी गराउन माग गरे ।
उनले दम्भ र भ्रष्टाचारमा लिप्त सरकारले जनता र मुलुकलाई कोरोनामुक्त बनाउन नसक्ने दाबी गरे । उनले भने, “यो सरकारले कोरोनाको लडाईबाट हामीलाई पार लगाउन सक्क्तैन । अब हामी सहयोग गर्दौ भनेर मात्रै बस्दैनौं । अब हामी प्रश्न गर्छो । उत्तर चाहन्छौ र सरकारलाई जवाफदेही बनाएर छाड्छौ । हामीलाई अब उत्तर चाहिन्छ सम्माननीय सभामुख महोदय । १० अर्ब रुपैया खर्च कहाँ भयो ? हामीलाई यसको उत्तर चाहिन्छ । हामीलाई एक एक कुराको हिसाबकिताब चाहिन्छ । यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने यो र्निलज्जताको पराकाष्ट हो । हामीलाई हिसाब चाहिन्छ । ”