क्वारेन्टिनको सरसामान बोकेर ४० जना फरार
Tuesday, June 9th, 2020, 12:33 pm
महोत्तरी, २७ जेठ । महोत्तरीमा क्वारेन्टिनको सरसामान बोकेर ४० जना फरार भएका छन् । सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामानसहित ४० जना भागेको क्वारेन्टिन इञ्चार्ज सुनिलकुमार यादवले बताए ।
भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका ४५ मध्येका उनीहरू क्वारेन्टिनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेका हुन् ।
उनीहरू छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् ।
उनीहरू क्वारेन्टिनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए ।